काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले नेपाली फेसन ब्रान्ड केटीएम सिटीका आउटलेटमा खरिद गर्दा विशेष छुट पाउने भएका छन्।
बैंक र केटीएम सिटीको सञ्चालक फेसन तथा लाइफस्टाइल कम्पनीबीच भएको सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले केटीएम सिटीका १७ वटै आउटलेटमा कपडा तथा फेसन सामग्री खरिद गर्दा अधिकतम १० प्रतिशतसम्म छुट पाउनेछन्।
सम्झौताले बैंकका ग्राहकलाई फेसन तथा लाइफस्टाइल सामग्री खरिदमा अतिरिक्त सुविधा उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
केटीएम सिटीले पछिल्लो समय स्पोर्ट्सवेयर, ज्याकेटलगायत विभिन्न प्रकारका पहिरन बिक्री गर्दै आएको छ। बदलिँदो ग्राहक आवश्यकता र आधुनिक फेसनलाई प्राथमिकता दिँदै ब्रान्डले आफ्नो बजार विस्तार गर्दै आएको जनाएको छ।
महालक्ष्मी विकास बैंकले गुणस्तरीय वित्तीय सेवा विस्तारसँगै आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा थप सुविधा उपलब्ध गराउने उद्देश्यले यस्ता सहकार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ।
बैंकका ग्राहकले सम्झौतामा उल्लेखित सर्तअनुसार केटीएम सिटीका आउटलेटमा बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी खरिद गर्दा उक्त छुट सुविधा लिन सक्नेछन्।













प्रतिक्रिया