५ कार्तिक २०८३, बिहिबार

‘लेडी किलर’ बलिउड गायक मिकासँग नेपाली अभिनेत्री सुरबिना !

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड गायक मिका सिंहलाई लेडी किलरको संज्ञा दिइन्छ । गत हप्तामात्र उनलाई दुबईमा एक जना युवतीको उजुरीका आधारमा पक्राउ गरिएको थियो ।

त्यतिमात्र होइन, बलिउड आइटम डान्सर राखी सावन्तलाई खुलेआम टङकिस गरेका कारण पनि मिका चर्चामा थिए ।

उनै मिकासँग मुम्बईमा रहेकी नेपाली अभिनेत्री सुरबिनाले सेल्फी खिचेकी छन् ।

सुरबिना अंग प्रदर्शनमा चर्चामा आउने गरेकी थिइन् । पछिल्ला समय नेपाली फिल्म पाउन छाडेपछि उनी मुम्बई भासिएकी हुन् । उनले मुम्बईमा विभिन्न बलिउड कलाकारसँगका तस्बिर सार्वजनिक गरेकी छन् । मिकालाई समातेरै उनी बलिउड यात्रा गर्नसक्ने अनुमान धेरैले गरेका छन् ।