
काठमाडौं, ३ माघ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै बारम्बार अनशन बस्ने त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी र नेकपा युवा नेता योगेश भट्टराईबीच वाकयुद्ध कसिलो हुन थालेको छ ।
१६ औं अनशन सुरु गर्नुपूर्व डा. केसीले पत्रकार सम्मेलन गर्दै भट्टराईले दिएको अभिव्यक्तिको कडा आलोचना गरेका थिए । त्यतिमात्र होइन उनले ‘युवा नेता कि के भन्ने छन् नि ति माफियाका मतियार हुन’् सम्म भन्न भ्याए ।
त्यसअघि केसीको माग नाजायज रहेको भन्दै भट्टराईले टिप्पणी गरेका थिए ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहेका भट्टराईको जोडबलमा नै चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेपछि डा. केसीले अनशन सुरु गरे । केसी आक्रोशित हुनुको कारण नै भट्टराईले पेलेर लगेको कारण थियो । ‘बहुमतका बलमा जे पनि गरिदिने र सहमति कार्यान्वयनलाई बेवास्ता गर्ने भट्टराईको रवैयाविरुद्ध डा. केसीको अभिव्यक्ति थियो’, उनका समर्थक भन्छन् ।
यता, भट्टराईले पनि केसी अनशनको विरोध गर्न छाडेका छैनन् । बिहीबारमात्र विर्तामोड पुगेका उनले नेपालका विद्यार्थी बाहिर बेच्ने गिरोहले केसीलाई उचालेको टिप्पणी गरेका छन् । त्यतिमात्र होइन, बहुमतले पारित भएको विधेयकले डा. केसीको माग पुरा गरिसकेको दाबी पनि गरेका छन् ।
केसीका माग पछाडी लाग्ने हो भने कुनै पनि ठाउँमा १० बर्षसम्म अस्पताल खोल्न नसकिने दाबी गरेका उनले स्वविवेकले समितिले विधेयक पारित गरेको ठोकुवा गरे ।















प्रतिक्रिया