२ कार्तिक २०८३, सोमबार

अग्नि खरेलको उप-समितिले के के प्रश्नावली पेश गर्‍यो ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan sabha vwan

काठमाडौँ, २० माघ । अग्नि खरेलको संयोजकत्वमा गठित प्रश्नावली उपसमितिले पूर्ण समितिमा विवादित प्रश्नावली पेश गरेको छ ।संविधानसभाले प्रश्नावली तयार गर्न गरेको प्रस्ताव निर्माण समितिमा नयाँ संविधानको प्रस्तावना र मौलिक हकसँग सम्बन्धित विवादित विषयमा मंगलबार प्रश्नावली प्रस्तुत गरिएको छ ।

माघ ११ गते संविधानसभाबाट गठित सो समितिले गठन गरेको उपसमितिले पूर्ण समितिमा ती विषय प्रस्तुत गरेको उपसमितिका संयोजक अग्निप्रसाद खरेलले जानकारी दिनुभयो । उहाँले अघिल्लो संविधानसभामा रहेका विभिन्न समितिमध्ये समाधान हुन बाँकी सात समितिमा रहेका असहमतिका विषयमध्ये दुई समितिका विषयवस्तु प्रस्तुत गरिएको जानकारी दिनुभयो ।

समितिको बैठकपछि मंगलबार साँझ र बुधबार बिहान पनि उपसमितिले थप प्रश्न तयार गरी समितिका प्रस्तुत गर्ने तयारी गरेको छ । समितिका सदस्य डा. प्रकाशशरण महतले यही माघ २२ गतेका लागि डाकिएको संविधानसभाको बैठकमा प्रश्नावलीसहित समितिले प्रतिवेदन बुझाउने गरी काम भइरहेको जानकारी दिनुभयो ।

उहाँले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा रहेका असहमतिका विषय, ती विषयमा विभिन्न दलले राखेका अवधारणालगायतलाई समेटेर प्रश्नावली तयार गरिरहेको उल्लेख गर्नुभयो ।

समितिको बैठक ज्येष्ठ सदस्य कुलबहादुर गुरुङको अध्यक्षतामा सिंहदरबारमा बस्दै आएको छ । भने समितिलाई एमाओवादी नेतृत्वको मोर्चा र राप्रपा नेपालले बहिष्कार गर्दै आएका छन् ।