४ कार्तिक २०८३, बुधबार

युभेन्टसलाई इटालियन सुपर कपको उपाधि

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३ माघ । युभेन्टसले इटालियन सुपर कपको उपाधि जितेको छ । क्रिष्टियानो रोनाल्डोको एकमात्र गोलका कारण उसले उपाधि उचाल्न सफल भयो ।

साउदी अरेवीयाको जेदाहमा भएको फाइनलमा एसी मिलानलाई एक शून्यले हराउँदै युभेन्टसले किर्तीमानी आठौं पटक सुपरकोपाको उपाधि उचाल्न सफल भयो ।

रोमाञ्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भए पनि ६१ औं मिनेटमा मिरालीम जानीकको पासमा रोनाल्डोले गोल गर्न सफल भए । सिरी ए लिडर युभेन्टसका लागि यो सिजन रोनाल्डोको यो १६ औं गोल हो ।

त्यसपछि पनि एसी मिलानले खेलमा फर्कन निकै प्रयास गरेको थियो । तर एक पटक प्याट्रिक कुटरोनीको प्रहार क्रसबारमा लागेर फर्कियो ।

७३ औं मिनेटमा एसी मिलानका मिडफिल्डर फ्रान्क किसी रातोकार्ड पाउदै मैदानबाट बाहिरिएपछि टिम झन् दबावमा पर्यो । त्यसपछि दुबै टिमबाट थप गोल भएन र युभेन्टसले उपाधि उचाल्यो ।