४ कार्तिक २०८३, बुधबार

बेलायती प्रधानमन्त्री टेरेजाविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३ माघ । बेलायती प्रधानमन्त्री टेरेजा मे विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ ।

४ घण्टा लामो छलफलपछि भएको मतदानमा ३ सय २५ सांसद्ले सरकारको पक्षमा र ३ सय ६ सांसद्ले सरकारको विपक्षमा मतदान गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अविश्वासको प्रस्ताव विफल भएपछि प्रधानमन्त्री मे ले यूरोपियन युनियन ईयू छाड्न भएको जनमत संग्रहको नतिजा पालना गर्ने र आफ्ना नागरिकसँग गरेको प्रतिबद्धता पूरा गर्न आफू सधैं तयार रहने बताइन ।

उनले सबै दलका नेतालाई ईयूबाट बाहिरिन नयाँ बाटो खोज्न सहयोग गर्न पनि अपील गरेकी छिन । बुधबार ईयूबाट बेलायत बाहिरिनेसम्बन्धी प्रधानमन्त्री मे को प्रस्ताव बहुमतले अस्वीकृत भएपछि उहाँविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।