
काठमाडौं, २ माघ । थाइल्याण्ड ’ए’ लाई ९ विकेटले हराउँदै नेपाल महिला टी ट्वान्टी स्म्यास क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।
बुधबार भएको समूह चरणको अन्तिम खेलमा थाइल्याण्ड ’ए’ टिमलाई पराजित गरेर नेपाल समूह ’ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
बैंककमा थाइल्याण्ड ’ए’ ले दिएको २० रनको लक्ष्य नेपालले ३ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ममता कुमारी चौधरीले ८ रन जोडिन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्ड ’ए’ १५ ओभर ४ बलमा अलआउट हुँदै १९ रन बनाएको थियो ।
जितसंगै ४ खेलबाट ८ अंक जोडेको नेपाल रहँदै सेमिफाइनलमा पुगेको हो । यस समूहबाट ६ अंक जोडेको युएई उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो ।
अब नेपालले सेमिफाइनलमा शुक्रबार समूह ’बी’ को उपविजेता इन्डोनेसियासंग खेल्नेछ ।















प्रतिक्रिया