९ कार्तिक २०८३, सोमबार

अर्थमन्त्रालयका ६२ कर्मचारीलाई दिल्लीमा तालिम

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । भारत सरकारले ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ (आइटेक)अन्तर्गत अर्थ मन्त्रालयका ६२ कर्मचारीहरुलाई तालिम दिने भएको छ ।

‘ग्लोबल पर्सपेक्टिभ अन पब्लिक फाइनान्सियल मेनेमजमेन्ट’ विषयमा तालिम दिन लागेको हो । तालिम दिल्लीमा हुनेछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

भारतीय दुतावासका प्रवक्ता अभिषेक दुवेका अनुसार नेपालको अर्थ मन्त्रालयको आग्रहमा नेपाल–भारत आर्थिक सहकार्य कार्यक्रमअन्तर्गत कर्मचारीलाई तालिम दिने निर्णय भारत सरकारले गरेको हो ।

कार्यक्रम नयाँ दिल्लीको ‘इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स’मा हुने तय भएको छ । इन्स्टिच्युट भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त तालिम केन्द्र मानिन्छ ।

तालिममा कर्मचारीहरुलाई विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली लगायत विषयमा चलिरहेको विश्वव्यापी अभ्यासबारे तालिम हुने भएको हो ।

‘यो तालिम ३ ब्याचमा सञ्चालन गरिनेछ’ प्रवक्ता दुवेले भने, ‘प्रथम ब्याचका २० नेपाली कर्मचारीले सोमबारदेखि तालिम लिइरहेका छन् ।’