काठमाडौं २० माघ । एकीकृत माओवादी र मधेशी मोर्चाले आव्हान गरेको आन्दोलनमा सङ्घीय समाजवादी पार्टी नेपाल तथा खस समावेशी राष्ट्रिय पार्टीले साथ दिने जनाएका छन् ।
सङ्घीय समाजवादी पार्टी नेपाल तथा खस समावेशी राष्ट्रिय पार्टीले आफूहरुबीच समान धारणा बनाएर ३० दलीय गठबन्धनले घोषणा गरेको आन्दोलनमा साथ दिने सहमति गरेको हो ।
सङ्घीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठ र खस समावेशी पार्टीका महासचिव परशुराम बस्नेतले मंगलबार जारी गर्नुभएको संयुक्त वक्तव्यमा दुवै पार्टीका अध्यक्षको उपस्थितिमा विराटनगरमा बसेको बैठकले दुई पार्टी एकीकरण, वर्तमान आन्दोलन लगायत समसामयिक विषयमा छलफल गरेको ल्लेख छ ।
केही समयदेखि दुई पार्टीबीच चलिरहेको एकता वार्तालाई वैचारिक राजनीतिक निष्कर्षमा पुर्याउनुका साथै राष्ट्रिय राजनीतिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्न ती दुई दल एकीकरण गर्न सहमत भएका जनाइएको छ ।
नेपालका आदिवासी जनजाति, खस, मधेसी, शिल्पी दलित लगायत उत्पीडित वर्गको मुक्तिका लागि सङ्घीयता र समाजवादी आन्दोलनलाई सिद्धान्तका रुपमा स्वीकार गरी यथासम्भव छिटो नयाँ शक्ति निर्माण गर्न दुई पक्ष सहमत भएको महासचिव श्रेष्ठले जनाउनुभएको छ ।
मंगलबारै वैद्य माओवादीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बैद्यले भने, मोर्चाको आन्दोलनमा सहभागिता जनाउने निर्णय गरिसकेको छैन् ।















प्रतिक्रिया