
काठमाडौं, २९ पुस । थाइल्याण्डमा भइरहेको महिला टी–ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा नेपालले मलेसियाविरुद्ध ६ विकेटको जित हाल पारेको हो ।
आफ्नो उत्कृष्ट लय कायमै राख्ने क्रममा नेपालले शानदार प्रदर्शन गरेको हो ।
बैंककमा मलेसियाले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा रोमा थापाले अविजित २० रनको योगदान गरिन् । यस्तै सिता राना मगरले १६ रन जोडिन ।
मलेसियाका अना हमिजा हसिम र इन्टान जामदहायु जाफरले एक एक विकेट लिईन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ६१ रन बनाएको थियो । मलेसियाकी सिओ जीन यीले १२ रन जोडिन् । मलेसियालाई सस्तैमा समेट्न नेपाली सरिता राना मगर एक्लैले ४ विकेट लिईन् ।
पहिलो खेलमा चीनलाई १० विकेटले हराएको नेपालले आइतबारको खेलसँगै ४ अंक जोडेको छ । नेपालले अब सोमबार युएईसंग खेल्नेछ ।















प्रतिक्रिया