
काठमाडौं, २८ पुस । थाइल्याण्ड महिला टी–ट्वान्टी स्मास क्रिकेटमा नेपाली महिला क्रिकेट टोलीले चीनलाई १० विकेटले पराजित गरेको छ । शनिबार भएको आफ्नो पहिलो खेलमा नेपालले शुखद् शुरुवात गरेको हो ।
थाइल्याण्डको बैंककमा चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा सिता राना मगरले अविजित २३ रन जोड्दा काजल श्रेष्ठले अविजित १४ रन जोडिन ।
यसअघि टस हारेर ब्याटिङ गरेको चीनले पुरै २० ओभरमा ६ विकेट गुमाएर ४८ रन बनाउन सक्यो । चीनका लागि झाङ चानले १३ रन जोडिन् ।
चीनलाई सस्तैमा समेट्न नेपालका करुणा भण्डारीले ३ तथा नेरी थापाले २ विकेट लिईन् । सिता रानाको नाम एक विकेट रह्यो ।
जितसंगै नेपालले समूहमा २ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा आइतबार मलेसियासंग खेल्नेछ ।















प्रतिक्रिया