२९ आश्विन २०८३, बिहिबार

तीन लाख दर्शकको अवलोकनले सफल भयो क्यान इन्फोटेक मेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

can-infotech-mela

काठमाडौँ, २० माघ । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासङ्घले आयोजना गरेको २१ औँ सुबिसु क्यान इन्फोटेक मेलामा तीन लाख बढी दर्शकले अवलोकन गरेका छन् ।

इन्फोटेकको ६ दिने प्रदर्शनीमा तीन लाख ३१ हजारले अवलोकन गरेका आयोजकले जनाएको छ । प्रदर्शनीको अन्तिम दिन पनि अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको र यस पटकको इन्फोटेक विगतको भन्दा विशेष आकर्षण र उल्लासमय बनेको क्यानका महासचिव अमृत पन्तले जानकारी दिनुभयो । ‘पूर्ण रुपमा सफल भएको हामीले पाएका छौं,’ उनले भने ।

यसैबीच आइतबारदेखि राजधानीमा सुरु भएको सूचना प्रविधिसम्बन्धी दुई दिने आइसिटी सम्मेलन पनि सोमबार सकिएको छ । ‘विकासका लागि सूचना प्रविधि र सामाजिक रूपान्तरण’ भन्ने नारासहित कम्प्युटर एसोसिएसन नेपाल महासङ्घको आयोजनामा सञ्चालन भएको १५ औँ सम्मेलनमा भारतका सूचना प्रविधिविज्ञ अहमदाबादका प्राडा सुभाष भट्नाकर प्रमुख वक्ताको रुपमा रहनुभएको थियो ।