२ कार्तिक २०८३, सोमबार

जंगलमा बस्दा पशु र मानिसमा कुनै अन्तर नहुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुुखुम्बु, २० माघ । जंगलमा बस्दा पशु र मानिसमा कुनै अन्तर नहुने यहाँका स्थानिय वासिन्दाले बताएका छन् । यस्तो बताउने वासिन्दा सोलुखम्बुका हुन् ।

भनिन्छ ‘आफू जन्मेको गाउँ प्राणभन्दा पनि प्यारो हुन्छ’ तर यो भनाइलाई गलत साबित गरिदिएका छन् सोलुखुम्बु जिल्लाको पञ्चन ठूलोढुङ्गावासीका अधिकांशले गाउँ माया मार्दै बसाइँ सर्न थालेका छन् ।

ठूलोढुङ्गा गाउँ पुग्ने जो कोहीले पनि भत्किएको घर र खिया लागेकोे साँचो झुन्ड्याएको पुरानो घरभन्दा फरक दृश्य देख्न पाउँदैनन् । नुनतेलका लागि हाटबजार पुग्नसमेत करिब ६ घन्टा लाग्ने सो बस्ती भौगोलिक विकटताका कारण स्वास्थ्य, शिक्षाको समस्याका साथै पुलपुलेसाको अभावले त्यहाँका बासिन्दा अन्यन्त्र बसाइँ सर्न थालेपछि गाउँ रित्तिदैँ गएको हो ।

“आफ्नो गाउँको माया लागेर के गर्नु आफूहरु जङ्गलको बीच भागमा बस्नुपर्दा पशु र मानिसमा कुनै अन्तर नदेख्ने उनीहरु बताउँछन् । यसरी गाउँमा जन्मेकाहरु गाउँ त्याग्दै बसाइँ सर्न थालेपछि गाउँ शून्यजस्तै बनेको स्थानीयवासी प्रदीप राईले बताउनुभयो ।

भौगोलिक विकटता सरकारी सेवासुविधाको अभावले मात्र बसाइँ सर्नुपर्ने कारण नभएर वर्षभरि मरीमरी उब्जाएको अन्नबाली एकैरातमा जङ्गली जनावरले स्वाहा बनाएपछि विरक्त भएर गाउँ छाड्ने गरेको उनीहरुको गुनासो छ ।

प्रायः राई र दलित जातिको बसोबास रहेको ठूलोढुङ्गा बस्तीमा करिब १३ घरधुरी रहेका छन् । वर्षौंदेखि बसाइँ सर्ने लहर नै चलेको सो गाउँमा अहिले बसाइँसराइले गाउँ नै रित्तिसकेको छ । रासस