पोखरा, २५ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतक छानेको छ ।
तत्कालीन नेकपा एमालेका सचेतक मायानाथ अधिकारीलाई नै प्रमुख सचेतक जिम्मेवारी नेकपाले दिएको छ । अधिकारी लमजुङ जिल्ला निवासी हुन ।
तत्कालीन माओवादीको सचेतक रहेकी गायत्री गुरुङ एकीकरणपछि बनेको नेकपाको सचेतक बनेकी हुन् । दलको मंगलबार पोखरामा बसेको बैठकले लमजुङ र कास्कीबाट समानुपातिक प्रदेश सभा सदस्य अधिकारी र गुरुङलाई जिम्मेवारी दिएको हो ।
यसअघि पार्टी एकीकरण भए पनि दुबै दलका सचेतकले संसदमा सहभागिता जनाएका थिए । उनीहरुले छुट्टाछुट्टै दलको सचेतकको सेवा सुविधासमेत प्रयोग गर्दै आएका थिए ।
सोमबारको संसद बैठकमा दलको एक जनालाई मात्र बोल्ने दिने कार्यसूची अनुसार मायानाथलाई नेकपाको तर्फबाट बोल्ने समय दिइएको थियो ।















प्रतिक्रिया