९ कार्तिक २०८३, सोमबार

रक्तचन्दन सुरक्षामा करोडौं व्ययभार, घाँडो भो रक्तचन्दन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । नेपालमा बरामद भएका रक्तचन्दन भारतले फिर्ता नलगेपछि त्यसको व्यवस्थापनमा समस्या देखिएको छ।

प्रहरी र वन विभागले समातेका झण्डै अढाइ लाख किलो रक्तचन्दनको सुरक्षा र व्यवस्थापनमा करोडौं खर्च भइरहेको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

अवैध तरिकाले भित्रिएका रक्तचन्दन समातिएपछि सम्बन्धित देशमै फिर्ता गर्नुपर्ने प्रावधान छ। त्यसैअनुसार सरकारले पटकपटक ताकेता गरे पनि भारतले लगेको छैन।

बरामद लोपोन्मुख जडीबुटी सम्बन्धित स्थानमै फिर्ता गर्नुपर्ने अन्तर्राष्ट्रिय कानुन र महसन्धिको प्रावधानअनुुसार मन्त्रिपरिषद्ले फिर्ता दिने निर्णय गरेको थियो।

फैसला भइसकेका मुद्दाका रक्तचन्दन फिर्ता लैजान भारतलाई पत्राचार गरे पनि नलगेकाले वन विभाग परिसरमै राखिएको विभागको साइटिस शाखा अधिकृत डम्बर भण्डारीले बताए। विभाग र अन्य जिल्लामा राखिएका रक्तचन्दन व्यवस्थापन र सुरक्षामा समस्या छ।

साइटिसको अनुसूची ‘ए’ मा राखिएको लोपोन्मुख रक्तचन्दन भारतको आन्ध प्रदेश, महाराष्ट्र तथा कर्नाटक राज्यमा पाइन्छ। सरकारले चार वर्षअघिदेखि भारतलाई रक्तचन्दन फिर्ता लान पत्राचार गरिसकेको छ।

वन विभागसँग अहिले एक लाख ९० हजार सात सय ९६ किलोग्राम बरामद रक्तचन्दन छ। नेपालमा हालसम्म दुई लाख ४७ हजार ४८ किलोग्राम रक्तचन्दन समातिएको वन विभागको तथ्यांकमा छ। त्यसमध्ये ३६ हजार नौ सय २८ किलो भारतले जिम्मा लिएको छ भने बाँकी १९ हजार तीन सय २४ किलो हराएको छ।