
काठमाडौं, २४ पुस । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको मनाङ मस्र्याङ्दी क्लब आफ्नो अन्तिम खेलमा हार बेहोर्दै इतिहास रच्नबाट चुकेको छ ।
लगातार १२ खेलमा जित निकालेको मनाङ मंगलबार भएको अन्तिम खेलमा फ्रेन्ड्स क्लबसँग पराजित भयो । च्याम्पियन मनाङलाई फ्रेन्ड्सले १–० ले पराजित गर्दै रेकर्ड बनाउनबाट रोक्यो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा फ्रेन्ड्सको अन्तिम मिनेटको गोलसँगै मनाङको अपराजित रहने सपना अधुरो बनेको हो ।
निर्धाति ९० मिनेटसम्म दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि अतिरिक्त समय थप गरिएको थियो । थपिएको अन्तिम मिनेटमा फ्रेन्ड्सका विकास लामाले गोल गरेका हुन् ।















प्रतिक्रिया