४ कार्तिक २०८३, बुधबार

अष्ट्रेलियासँगको टेस्ट क्रिकेटमा भारतलाई ऐतिहासिक सफलता

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । भारतले ७१ वर्षे इतिहासमा पहिलो पटक अष्ट्रेलियाली भुमिमा टेस्ट सिरिज आफ्नो पोल्टामा पारेको छ ।

अघिल्ला तीन सिरिजमा २–१ ले अघि रहेको भारत चौंथो तथा अन्तिम सिरिज बराबरी भएपछि इतिहास रच्न सफल भएको हो । अन्तिम टेस्ट वर्षाका कारण बराबरीमा सकिएको थियो ।

भारले पहिलो टेष्ट ३१ रनले जितेको थियो । दोस्रो टेष्ट अष्ट्रेलियालाई १ सय ४६ रनले सुम्पिएको भारतले तेस्रो टेष्ट १ सय ३७ रनले आफ्नो पक्षमा पारेको हो ।

भारतले बनाएको ६ सय २२ को स्कोर पच्छाउने क्रममा पाँचौ दिन लन्च ब्रेकपछि खेल बर्षाले अवरुद्ध भयो । त्यसपछि अष्ट्रेलिया अन्तिम टेस्ट बराबरी गर्न बाध्य भएको हो ।