२ कार्तिक २०८३, सोमबार

शिक्षकले क्याम्पसमा अनैतिक क्रियाकलाप गर्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sexualमेलम्ची, १९ माघ । शिक्षक भनेको मर्यादित पेसा हो । दुनियाँमा ज्ञानको ज्योती फैलाउने काम शिक्षकले गर्छ । अर्थात विज्ञ, विद्धान व्यक्तीको रुपमा शिक्षकलाई लिइन्छ ।

तर सिन्धुपाल्चोकमा एक शिक्षकले आफ्नै पढाउने क्याम्पसमा अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा फेला परेका छन् ।

त्यो पनि फेसबुकबाट । मेलम्चीमा अवस्थित इन्द्रेश्वरी उमाविका शिक्षकले यस्तो घृर्णित काम गरेका हुन् । यस्तो क्रियाकलाप रोक्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सोमबार विद्यालय प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत केहि शिक्षकले अनैतिक फोटो राखेको भन्दै इन्द्रावती क्याम्पसका विद्यार्थीले क्याम्पस प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् ।

विद्यालयको शिक्षक जस्तो मर्यादित र प्रतिष्ठित पेसामा लागेको व्यक्तिबाट खुल्ला राजनीतिक विषय वस्तुलाई अतिरञ्जित गरी घृणित व्यवहार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रदर्शन गरेको भन्दै सोही विद्यालयका शिक्षक ठाकुरप्रसाद पौड्याल र बुद्धिबहादुर खड्काले अब उपरान्त यस्तो घृणित कार्य नदोहो¥याउन र आम माफी माग्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

अबको तीन दिनभित्र सङ्गठनको मागप्रति सम्बन्धित शिक्षक, विद्यालय तथा क्याम्पस प्रशासनले प्रतिक्रिया नजनाएमा सम्बन्धित निकायमा बन्द र आन्दोलन गर्नेसमेत सङ्गठनका अध्यक्ष लक्ष्मण दाहालले बताउनुभयो । पछिल्लो समय शिक्षक पेसामा केही व्यक्तीका कारण दाग लागेको छ ।