
काठमाडौं, २३ पुस । सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा अनियमितता गरेको भन्दै वहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित दुई पूर्वमन्त्रीहरुलाई कारबाहीको लागि सिफरिस गरेको छ ।
सोमबार बसेको बैठकमा जहाज खरिदमा भ्रष्टाचार भएको समितिको निष्कर्ष छ । गृहसचिव प्रेम राईलाई क्लिन चिट दिएको छ ।
सोमबार उपससमितिको प्रतिवेदन संशोधन गरेर पेश गरिएको थियो । यस विषयमा उपसमितिका संयोजक र सदस्यहरुले भने आपत्ति जनाएका थिए । समितिको लिखित निर्णय भन अझै सार्वजनिक भएको छैन ।
लेखा समितिले विमान खरिद प्रकरणमा प्रमुख दोषी महाप्रवन्धक सुगतरत्न कंसाकार भएको ठहर गरेको छ । पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र पूर्वसचिव शंकर अधिकारीलाई पनि थप छानविन गरी कानुनी कारबाही अगाडि बढाउनसरकार र अख्तियारलाई निर्देशन दिइएको छ ।















प्रतिक्रिया