२ कार्तिक २०८३, सोमबार

जङ्गली हात्ती घरमा पसेपछि के भयो ? हेर्नुस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatti-aatankaपर्सा १९ माघ । पर्साको ठोरी गाउँमा जङ्गली हात्तीले आक्रमण गरेपछि गाउँमा भागदौड मच्चिएको छ । राति तर्साउने गरी आएका हात्तीले आक्रमण सुरु गरेपछि भागदौड मच्चिएको हो ।

भागदौड मच्चिदा स्थानिय वासिन्दा घाईते भएका छन् । प्रहरीका अनुसार घाईतेको उपचार भइरहेको छ । कति घाईते भए संख्या खुलाइएको छैन् ।

हात्तीले स्थानियको घरभित्रै पसेका थिए । १० परिवार बढीका घर भत्काएका छन् । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलबाट गाउँ छिरेका हात्तीले ठोरी गाविस–९ इच्छानगरमा दुईवटा घर पूर्ण रुपमा भत्काएका छन् । साथै गहुँबाली पनि नष्ट गरिदिएका छन् ।

जङ्गली हात्तीले इच्छानगरका रामशरण सुवेदी र लालबहादुर तामाङको घर भत्काएको हो । यस्तै हात्तीले स्थानीय किशोर खनालको १० कट्ठाको गहुँबाली पनि नष्ट पारेको स्थानीय नकुल रिजालले जानकारी दिनुभयो ।

जङ्गलबाट बेलुका करिब ७ बजे नै एक दर्जनको सङ्ख्यामा आएको हात्तीको बथानलाई स्थानीय गाउँलेले होहल्ला गरेर जङ्गलतर्फ लखेटे पनि त्यसपछि आएको एउटा हात्तीले गाउँमा रातभरि उपद्रो मच्चाएको स्थानिय प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

जङ्गली हात्तीले निरन्तर आतङ्क मच्चाउन थालेपछि सर्वसाधारण त्रसित बनेका छन् ।