४ कार्तिक २०८३, बुधबार

स्वर्ण पदक विजेता महर्जन सम्मानित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ पुस । नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घले विश्व शारीरिक सुगठनका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई आज सम्मान गरेको छ । उहाँलाई सङ्घले रु ५० हजारसहित सम्मानित गरेको हो ।

सोही अवसरमा संयुक्त अरब इमिरेट्स(युएइ) जुनियर इन्टरनेशनल सिरिजको पुरुष एकलतर्फ स्वर्ण पदक विजेता प्रिन्स दाहाल, फुटबल रेफ्री विना श्रेष्ठ र एभरेष्ट मार्सल आर्ट क्लबका प्रमुख प्रशिक्षक रवि शाहीलाई समेत सम्मानित गरिएको थियो ।

उहाँहरुलाई पूर्वयुवा तथा खेलकूदमन्त्री शरतसिंह भण्डारी, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य एवं नेपाल कराँते महासङ्घका अध्यक्ष दावा गुरुङ, खेलाडी तथा प्रशिक्षक सङ्घका अध्यक्ष महेश महर्जनलगायतले सम्मान गर्नुभएको थियो ।

महर्जनले थाइल्याण्डको चाङमाइमा गत डिसेम्बरमा भएको १०औँ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपको शारीरिक सुगठनतर्फ पुरुष ७५ किलो तौलमा स्वर्ण पदक जित्नुभएको थियो । –रासस