
काठमाडौं । मिडियामा नआउने तर करोडौं स्रोताको ढुकढुकी बनेकी लोक गायिका विष्णु माझीको खोजी भएपछि उनी पति सुन्दरमणि अधिकारीसँग आइतबार स्याङ्जा प्रशासन पुगेको पुष्टि भएको छ ।
हालै मात्र उनको स्वर भरिएको गीत ‘सालको पात’ युट्युवमा सार्वजनिक हुँदा अत्यधिक लोकप्रिय बनेको थियो । उनलाई पति अधिकारीले बन्धक बनाएको हुनसक्ने भनेपछि प्रशासनले खोजी गरेको थियो । प्रशासनको भेटमा गायिका माझीले आफु धेरै पढलेख नगरेका कारण सुन्दरमणिको सहारामा रहेको बताएकी छन् ।
उनीहरू ट्याक्सी रिजर्भ गरेर प्रशासन पुगेका थिए । माझीले अनुहार छोपेकी थिइन् । यो रहस्यबारे भने एउटा लक्ष्य रहेको पति अधिकारीले जानकारी दिएको स्याङ्जा प्रशासन प्रमुख कोषहरी निरौलाले बताए ।
विष्णु र सुन्दरमणिले विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आएका थिए । अन्तरजातिय बिहे गरेका कारण गुमनाम बसेको बताइएको थियो ।
विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रजिअ निरौला, एसपी लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले भेटेका थिए ।
भेटका क्रममा विदेशबाट धेरैले कार्यक्रममा बोलाए पनि कम पढेको र विष्णुलाई मात्र लैजाने आफूलाई नलाने भनेपछि रोकेको अधिकारीले बताएका थिए ।
राष्ट्रिय कलाकार देशका गहना भएकाले यत्रतत्र माग हुँदा गुमनाम हुनुको कारणबारे प्रहरीले प्रश्न गरेको थियो । विष्णुलाई सोधिएको प्राय प्रश्नको जवाफ अधिकारीले दिएका थिए ।
सुन्दरमणिसँग बिहेपछि गुमनाम जस्तै रहेकी विष्णुको ११ वर्षपछि बाबुसँग भेट भएको थियो । बाबु ५८ वर्षीय ताराबहादुरले छोरीसँग भेट्ने सपना पुरा भएको बताए ।















प्रतिक्रिया