२ कार्तिक २०८३, सोमबार

संविधानसभा अपडेट: प्रश्नावली निर्माण उपसमिति गठनको संयोजकमा खरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Agni-Kharel

काठमाडौँ, १९ माघ । प्रमुख विपक्षी दलहरुको बहिष्कारका बाबजुद पनि संविधानसभा प्रस्ताव निर्माण समितिको बैठक निरन्तर जारी छ ।

समितिको सोमबारको बैठकले समितिका सदस्य अग्निप्रसाद खरेलको संयोजकत्वमा नौ सदस्यीय प्रश्नावली निर्माण उपसमिति गठन गरेको छ । खरेल एमालेका प्रमुख सचेत समेत हुनुहुन्छ ।

उपसमितिका सदस्यमा उषा गुरुङ, रमेश लेखक, राधेश्याम अधिकारी, सिपी मैनाली, कृष्णभक्त पोखरेल, श्रीमाया थकाली, अतहर कमाल मुसलमान र कुमार खड्का रहनुभएको छ ।

प्रस्तावित नयाँ संविधानका अन्तरवस्तुमा दलहरुबीच असहमति भएका विषयमा प्रश्नावली तयार गरेर उपसमितिले प्रस्ताव निर्माण समितिमा प्रतिवेदन पेस गर्ने समितिका सदस्य डा राजन भट्टराईले जानकारी दिनुभयो ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति, निक्र्योल समिति र संविधानसभाको बैठकमा सभासद्हरुले उठाउनुभएको विषयवस्तुलाई सन्दर्भ सामग्री बनाएर उपसमितिले प्रश्नावली तयार गर्नेछ ।

प्रश्नावली तयार गर्न उपसमितिलाई मंगलबार ३ बजेसम्मको समयसीमा प्रदान गरिएको छ । प्रश्नावली तयार गर्ने क्रममा उपसमितिमा धर्मनिरपेक्षता, समावेशीता र गणतन्त्रको सवालमा फरक मत लेख्न पाउने तर भोटिङ भने नहुने कार्यविधि बनाएको प्रस्ताव निर्माण समितिका सदस्य रामेश्वर फुँयालले जानकारी दिनुभयो ।