४ कार्तिक २०८३, बुधबार

के प्रचण्ड र गृहमन्त्री थापा बमजन अनुसन्धान रोक्न तयार हुन् ?

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । लिटिल बुद्धको उपमा दिइएका रामबहादुर बमजनलाई लागेको यौन उत्पीडकसहित अनुयायी वेपत्ता पारेको अभियोग अनुसन्धानमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाको प्रतिरक्षात्मक कमद हुनसक्ने आँकलन गरिएको छ ।

बमजनविरुद्ध प्रहरीका चार वटा निकायमा रहेका उजुरीमा अनुसन्धान नभएको र अझै बमजनले अनुयायीमाथि सोही प्रकारकाका हर्कत गरिरहेको आरोप लागिरहेको छ । बमजनको काला कर्तुतका विषयमा विभिन्न पक्षबाट खुलाउने र प्रतिरोध गर्ने काम पनि भइरहेको छ ।

बमजनमाथिको अनुसन्धानमा प्रचण्ड र थापा बाधक बन्नसक्ने आँकलन भने बमजनको आरोपको प्रतिरोध गरिरहेको बोधी श्रवण धर्म सँगका पदाधिकारीसँग भेटसहित ज्ञापनपत्र बुझेका आधारमा गरिएको हो ।

एउटा प्रतिनिधि मण्डलसँग यो विवाद चलिरहेका बेला प्रचण्ड र थापाले भेट गरी ज्ञापनपत्र बुझेका थिए । यसै कारण पनि प्रचण्ड, थापा र सरकारकै पनि आलोचना भइरहेको छ ।

पिता सञ्चलाल बाइबा हराएको भनेर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका महेन्द्र बाइबाले प्रहरीले कुनै पनि किसिमको जानकारी नदिएको बताएका छन् ।

उता, प्रहरीले भने अभियोगमाथि अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युुरो (सीआइबी)लाई खटाएको सरकारी अधिकारीले दाबी गरेका छन् । सीआइबी प्रमुख निरज शाहीले पनि अनुसन्धान सुरु गरिएको भन्दै टोली सिन्धुपाल्चोक पुगेको प्रारम्भिक सूचना दिएका छन् । बमजन भने सिन्धुलीमा रहेको बताइन्छ ।

१३ पुसमा राजधानीमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले बम्जनको आश्रमबाट बेपत्ता भएकाहरूको खोजी गर्न माग गरेका थिए ।

नुवाकोट म्यगङ गाउँपालिका–३, देउरालीकी चिनीमाया तामाङ ६ वर्षदेखि बेपत्ता भएको बताइएको छ । उनी सुरुमा सिन्धुलीको आश्रममा गएको र २०६९ सालदेखि बेपत्ता भएको भन्दै उनकी दिदी गंगामायाले उजुरी समेत दिएकी छिन् ।

बाराको हलखोरियामा आनी बन्न गएकी हेटौंडा–१६ की पासाङ भन्ने फूलमाया रुम्बा २०७१ सालदेखि हराएको परिवारले बताएका छन् ।