५ कार्तिक २०८३, बिहिबार

मिसेस् हिमालयनको उपाधी गंगालाई

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । छैटौं संस्करणको ‘मिसेस हिमालयन नेपाल –२०१९’ को उपाधी गंगा शर्माले जितेकी छिन् । निर्णायक मण्डलका प्रमुख निर्णायक आरजे, भिजे, कोरियोग्राफर तथा मोडल कला सुब्बाले गरेको अन्तिम प्रश्नमा अन्य प्रतियोगीले भन्दा उत्कृष्ट उत्तर दिदै उनले उपाधी चुमेकी हुन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा गत बिहिबार भएको फाइनल प्रतियोगितामा गंगाले ‘मिसेस हिमालयन –२०१९’को उपाधी संगै बिभिन्न गिफ्ट ह्याम्पर जितिन्, त्यस्तै रेखा बलामीले फस्ट रनरअपको ताज चुम्न सफल भईन भने सेकेन्ड रनरअपको उपाधी कबिता लामाले जितिन् । विजेताहरुलाई ट्रफी तथा बिभिन्न गिफ्टह्याम्परहरु प्रदान गरिएको थियो ।

बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि, सामाजिक काममा अग्रसर गराउने र आन्तरिक कला अभिवृद्धि तथा प्रफ़ुस्टन गराउने उद्देश्यले एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगिताका अन्य सब–टाइटल बिजेताहरुमा बेस्ट ट्यालेन्ट बिजेता बिमला पाईजा, बेस्ट फोटोजेनिकमा कबिता थापा डङ्गोल, बेस्ट स्माईल रेखा बलामी, बेस्ट पर्सानालिटी गंगा खड्का, बेस्ट स्किन भुमिसरा पाण्डे, मस्ट चार्मिङ(मिजिला महर्जन, मस्ट एक्टिभ कबिता लामा, बेस्ट कम्प्लेक्सन हिरा लामा, मस्ट स्मार्ट(चादनी गुरुङ, बेस्ट डिसिप्लिन( गंगा शर्मा, मस्ट अट्राक्टिभ पवित्र छन्त्याल, मस्ट पंचल रुपा महर्जन, बेस्ट ड्रेस गंगा खड्का छेत्री भए भने मस्ट पपुलरको ताज पवित्र छन्त्यालले हात पारिन् ।

अन्तिम प्रतिस्पर्धाको निर्णायकहरुमा आरजे तथा मोडल कला सुब्बा, मोडल तथा अभिनेता बिनय श्रेष्ठ, नायिका मारिस्का पोखरेल, मिस ईको ईन्टरनेसनल बिजेता मौनता लामा र मिस्टर ह्यान्ड्सम रनरअप बैभभ उपाध्याय रहेका थिए । चर्चित कोरियोग्राफर तथा उद्घोषक रोजिन शाक्यले सञ्चालन गरेको कार्यक्रममा नृत्य, गीत प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइएको थियो ।