
काठमाडौँ, १८ पुस पुस । आइएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई डिजिटल’ र जनता बैंक नेपाल लिमिटेडबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र जनता बैंक नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले सोमवार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार जनता बैंक नेपाल लिमिटेड ‘आइएमई डिजिटल’को बैंकिङ साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिंक गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् ।
साथसाथै जनता बैंक नेपालका सेवाग्राहीहरुले ‘आइएमई पे’मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।















प्रतिक्रिया