४ कार्तिक २०८३, बुधबार

वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड अनियमितता भएको निष्कर्ष (प्रतिवेदनको पूर्णपाठसहित)

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ पुस ।  संसदको लेखा समितिले वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको छ।

लेखा समिति अन्तर्गत राजन केसीको संयोजकत्वमा गठन गरिएको उपसमितिले आफ्नो प्रतिवेदन मार्फत यस्तो निष्कर्ष निकालेको हो। उप समितिले आजै समितिमा आफ्नो प्रतिवेदन पनि पेश गरेको छ।

नेपाल एयरलाइन्सले खरिद गरेको दुई वटा वाइडबडी जहाज खरिदमा अनियमितता भएको गुनासो बढेपछि लेखा समिति आफैले अनुसन्धान गरेको थियो। उपसमितिले जहाज खरिदको खास रकम कति हो भन्ने पनि अहिलेसम्म खुल्न नसकेको जनाएको छ।

उपसमितिले रकम नखुलेका कारण अनिमितताको रकम थप बढ्न सक्ने जनाएको छ। उपसमितिले नेपाल एयरलाइन्सका महानिर्देशक सुगतरत्न कंसाकारसहित गृह सचिव प्रेम राई, शंकर अधिकारी र कृष्ण देवकोटालाई तत्काल निलम्बन गरी कारबाही अघि बढाउन पनि सिफारिस गरेको छ।

त्यस्तै पूर्व पर्यटनमन्त्रीहरु जीवनबहादुर शाही, जितेन्द्र नारायण देवलाई पनि समितिले दोषी देखाएको छ। अहिलेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पनि सत्यतथ्य बाहिर नल्याएको आरोप लगाइएको छ । शाही र देबलाई कानुन बमोजिम कारबाहीको सिफारिस गरिएको छ।

उपसमितिले नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी जहाजमा अनियमितता भएको भन्दै त्यसमा संलग्न झन्डै तीन दर्जन पदाधिकारीलाई दोषी आरोपित गरेको छ।

विमान खरिदका विभिन्न चरण र प्रक्रियामा ती पदाधिकारीको संलग्नता रहेको आरोप उपसमितिद्वारा तयार गरिएको प्रतिवेदनमा उल्लेख छ। ‘विमान खरिदका लागि गठित अध्ययन उपसमिति, लागत मूल्य र बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने पदाधिकारीहरु दोषी रहेकाले उनीहरुलाई तत्काल निलम्बन गरी थप अनुसन्धान गर्न निर्देशन दिने,’ उपसमितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिनुपर्ने निर्देशनमा उल्लेख गरेको छ।

उपसमितिले ठहर गरेका दोषीहरु

रविन्द्र अधिकारी – मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
जितेन्द्र नारायण देव – पूर्वमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
जीवनबहादुर शाही – पूर्वमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

अन्य पदाधिकारीहरू
टेकराज आचार्य
बुद्धिसागर लामिछाने
निमानुरु शेर्पा
मुक्तिराम पाण्डे
सुगतरत्न कंसाकार
प्रेमकुमार राई
शंकरप्रसाद अधिकारी
शिशिरकुमार ढुंगाना
महेश्वर न्यौपाने
सूर्यप्रसाद आचार्य
जिवनप्रकाश सिटौला
अच्युतराज पहाडी
सुरेश आचार्य
कृष्णप्रसाद देवकोटा
रमेशबहादुर शाह
रामहरी शर्मा
अच्युतराज पहाडी
पारस पौडेल
प्रभाषकुमार कर्माचार्य
जनकराज कालाखेती
श्रवण रिजाल
पुष्पलाल पोते
बृहतमान तुलाधर
गणेशबहादुर चन्द
रविन्द्रबहादुर शेरचन
कर्णबहादुर थापा
रवीन्द्र श्रेष्ठ
उपेन्द्र पौडेल
उमेश पौडेल
युवराज अधिकारी

यस्तो छ उपसमितिले तयार पारेको प्रतिवेदन