
काठमाडौं, १७ पुस । बिग बास लिगमा नेपाली क्रिकेटर सन्दीप लामिछान आबद्ध रहेको मेलबर्न स्टार्सले दोस्रो जित हात पारेको छ ।
मंगलबार भएको खेलमा डर्बी क्लब मेलबर्न रेनेगेड्सलाई ७ विकेटले पराजित गर्दै मेलबर्र्नले दोस्रो जित दर्ता गरेको हो ।
मेलबर्नमा रेनेगेड्सले दिएको १४९ रनको लक्ष्य स्टार्सले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो ।
यसअघि ब्याट फ्लिप हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले पुरै २० ओभरमा ९ विकेट गुमाएर १४८ रन बनाएको थियो ।
नेपालका सन्दीपले १ विकेट लिए । सुरुवाती दुई खेलमा पराजित भएको मेलबर्न स्टार्सले लगातार दोस्रो जित निकालेको हो ।















प्रतिक्रिया