४ कार्तिक २०८३, बुधबार

निर्मला पन्त प्रकरणमा प्रधानमन्त्री भन्छन्– आश्चर्य भो, अपराध स्वीकार्छ, डिएनए मिल्दैन !

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा नेपाल प्रहरीले स्वतन्त्र अनुसन्धान गर्न नपाएको बताएका छन् ।

नेपाल प्रहरी अपराध अनुसन्धानमा ९५ प्रतिशत सफल देखिए पनि पन्त प्रकरणमा भने आश्चर्यजनक अवस्था रहेको बताए । उनले केही शक्तिको दबाबका कारणले पनि प्रहरीले स्वतन्त्र अनुसन्धान गर्न नपाएको बताए ।

‘केही शक्तिले प्रहरीको अनुसन्धानलाई प्रभावित बनाउने हिसाबले दबाबमा राखेको छ, झन्डा हल्लाएर दबदबामा राखेको छ’, मंगलबार राजधानीमा भएको कार्यक्रममा उनले भने,‘यो आश्चर्यजनक भयो । अन्य बलात्कार र हत्यामा प्रहरीको अनुसन्धान सफल देखिएको छ ।’

उनले अनुसन्धानको प्रारम्भिक चरणमा प्रहरीले ‘गल्तीहरू’ गरेको बताउँदै त्यसको दलिलहरू पेस गरे । भने,‘प्रहरीकै एक पछि अर्को टिम, गुप्तचरहरू पठाएर अनुसन्धान भइरहेको छ । अहिले एआइजीको नेतृत्वमा अनुसन्धान जारी छ । अपराधी पत्ता लाग्छ ।’

उनले अपराध स्वीकार गरेका मानिसहरूको अनुसन्धानमा पनि अचम्म देखिएको बताउँदै थपे,‘केही मानिस अपराध आफूले यसरी गरेको हो भनेर बयान दिन्छन्, तर डीएनए मिल्दैन, ऊ स्वीकार्छ, कवुल गर्छ, डीएनए मिल्दैन । अचम्म होइन ?’