
काठमाडौँ, १७ पुस । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभलले अंग्रेजी नयाँ वर्ष–२०१९ को अवसरमा पानीपोखरीदेखि चन्द्रागिरिसम्म सटल बस सेवाको प्रारम्भ गरेको छ ।
चन्द्रागिरि हिल्स लिमिटेडको सीटी सम्पर्क कार्यालय पानीपोखरीस्थित आइएमई कम्प्लेक्सबाट हरेक दिन बिहान १० बजे छुट्ने बस सेवाले लाजिम्पाट, कान्तिपथ, सोह्रखुट्टे, सोल्टीमोड, कलंकी हुँदै चन्द्रागिरि हिल्स लिमिटेडको बेस स्टेसनसम्मको दुरी तय गर्नेछ ।
साँझ ४ बजे चन्द्रागिरि हिल्स लिमिटेडको बेस स्टेसनबाट छुट्ने बस सेवा कलंकी सोल्टीमोड, सोह्रखुट्टे, कान्तिपथ, लाजिम्पाट हुँदै पानीपोखरीसम्म आइपुग्ने छ ।
चन्द्रागिरिसम्म पुग्न इच्छुक स्वदेशी तथा विदेशी पर्यटकहरूको सहज आवागमनलाई मध्यनजर गर्दै यस्तो सुविधा सम्पन्न बस सेवा संचालनमा ल्याएइको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले बताए ।















प्रतिक्रिया