४ कार्तिक २०८३, बुधबार

कामना बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ पुस । काठमाडौं ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सेवा आदान प्रदानगर्ने गरि सम्झौता भएको छ ।

सम्झौताअनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६२ वटै शाखाहरुबाट सहज रुपमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमापोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्द्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तर्फबाट महाप्रबन्धक एस.के. टमोटले हस्ताक्षर गरेका छन् ।

हाल बैंकले देशभरी आफ्ना ६२ वटा शाखा तथा १७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवा प्रवाह गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना छ ।