४ कार्तिक २०८३, बुधबार

सिंहदरबारभित्रै भेटिए ‘डन’हरू, कृष्णबहादुर महरासहित सांसदहरू थुरुरु…

8.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । दुई तिहाईको सरकार रहेका बेला संसद सचिवालका कर्मचारीहरूले भत्ताको माग गरेर आन्दोलन चलाएका छन ।

प्रतिनिधि र राष्ट्रिय सभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमत छ । प्रतिनिधि सभाको सभामुखमा कृष्णबहादुर महरा र राष्ट्रिय सभाको अध्यक्षमा गणेश तिमिल्सिना रहेका छन । उनीहरू दुबै नेकपा आवद्ध हुन ।

महरा र तिमिल्सिनाले भत्ता बढाउन असहयोग गरेको भन्दै संसद सचिवालयका कर्मचारीहरूले आरोप लगाएका छन ।

संसद सचिवालयका कर्मचारीहरूले दशदेखि पाँच बजेको कार्यालय समयसम्म मात्रै काम गर्ने गरेका छन । कर्मचारीहरूकै कारण संसदीय सुनुवाई विशेष समितिको बैठक पटक–पटक प्रभावित हुँदै आएको छ । विशेष समिति मात्रै होइन अन्य समिति समेत प्रभावित भएका छन ।

संसद सचिवालयमा रहेको नेकपा निकटका कर्मचारीको बर्चचश्व रहेको कर्मचारी संगठनले समेत सभामुख र अध्यक्षलाई असहयोग हुने गरेर काम गरेको एक सांसदले बताए ।

‘हाम्रै पार्टी निकटका कर्मचारीहरूले कर्मचारी युनियनमा जितेका छन’, नेकपाका एकजना सांसदले भने, ‘तिनै कर्मचारीहरूले असहयोग गरेका छन ।’

कर्मचारीहरूको असहयोगका कारण संसदको बैठक पाँच बजे सकिनु अगाडि नै सम्पन्न गर्ने गरेर राखिने गरिएको छ ।

संसद सचिवालयका कर्मचारीहरूले सबै समिति, शाखा र कर्मचारीहरूलाई धम्की दिएर भत्ता नबढदासम्म दशदेखि पाँच बजेसम्म मात्रै काम गर्न र त्योभन्दा धेरै समय काम नगर्न निर्देशन दिएका छन ।

कर्मचारीहरूले एक बजेपछि कुनै पनि समिति र संसद बैठक राख्न समेत दिँदैनन । एक बजे बैठक राख्दा कार्यालय समयभित्र नसकिने भन्दै कर्मचारीहरूले अबरोध गर्दै आएका हुन ।

कुनै कर्मचारीले काम गर्न खोज्यो भने संसद सचिवालयमा रहेको कर्मचारी युनियनले अबरोध गर्ने गरेको छ ।

नेकपाका सांसद एवं संसदीय सुनुवाई विशेषका एक सदस्यले भने, ‘संसद सचिवालयका कर्मचारीहरूको ठूलो दादागिरि रहेछ । गुण्डा नाइकेले जस्तो गर्दा रहेछन । ढाडे बिरालो नै रहेछन । म पहिलो पटक आएको सांसद हुँ ।’

यसअघि संसदका कर्मचारीहरूले असी प्रतिशतसम्म भत्ता लिने गरेका थिए । कर्मचारीहरूले संसद सचिवालयकै पैसामा खाजा खाने गरेका थिए ।

सबैतिरबाट आलोचना भएपछि असी प्रतिशत भत्ता कटौती गरिएको थियो । पहिला पाएकै भत्ता पाउनुपर्ने माग राखेर चरणवद्ध आन्दोलन गर्दै आएका हुन ।