
काठमाडौँ, १५ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो तेह्रौं वार्षिक उत्सवको अवसरमा कोटेश्वर पब्लिक स्कुल, कोटेश्वर काठमाण्डौंका नर्सरीदेखि कक्षा तीन सम्मका ६० जना विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।
विकास बैंकले वार्षिक उत्सवको अवसरमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गर्ने योजना राखेको छ र बैंकले साप्ताहिक वार्षिक उत्सव विशेष कार्यक्रम आजबाट शुरु गरेको छ ।
यहि अवसरमा बैंकले आफ्नो १०० औँ शाखा लामाचौर, कास्कीमा सञ्चालन गरेको छ ।















प्रतिक्रिया