काठमाडौं, १८ माघ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परिक्षण गदै आएको कुलेश्वर पोलिक्लिनिक प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कुलेश्वरस्थित पोलिक्लिनिकमै आयोजित उक्त रक्तदान कार्यक्रममा ८३ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले नाफामूलक व्यवसाय भएता पनि यहि समाजमा रहेर व्यवसाय गर्ने भएकाले सामाजिक उत्तरदायित्व स्वरुप रक्तदान कार्यक्रम गरेको बताए ।
उनले भने – ‘व्यवसायसँगै हामीले सामाजिक उत्तरदायित्व पनि छ भनेर भुल्नु हुदैन ।’ यस पोलिक्लिनिकले प्रत्येक ४–४ महिनामा रक्तदान कार्यक्रम तथा हरेक महिनाको पहिलो शनिबार निशुल्क सुगर परिक्षण गदै आएको समेत अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।
विदेशिने कामदारको स्वास्थ्य परिक्षण गर्न नेपाल सरकारबाट सुचिकृत कुलेश्वरमा ओपिडि, ईसिजि, ईको सेवाका साथै बिभिन्न बिशेषज्ञ डाक्टरद्धारा गुणस्तरिय स्वास्थ्य परिक्षण गदै आएको श्रेष्ठको भनाई छ ।
पछिल्लो समय नेपालमा स्वास्थ्य परिक्षण गरि विदेशिएका कामदार स्वास्थ्यकै कारण स्वदेश फर्किरहेका बेला कुलेश्वरबाट स्वास्थ्य परिक्षण गरेर गएका कामदार आजसम्म स्वास्थ्यकै कारण फर्किन नपरेको दावी समेत श्रेष्ठको छ ।
नेपालमा वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परिक्षणको विषयमा विभिन्न टिकाटिप्पणी तथा प्रश्न उठिरहेको बेला कुलेश्वर पोलिक्लिनिकले गुणस्तरीय स्वास्थ्य परिक्षणमा कुनै पनि सम्झौता नगर्ने अध्यक्ष श्रेष्ठले दावी गरे । उनले भने ‘ऋण काढेर विदेशिने कामदारको स्वास्थ्य परिक्षणमा कसैले खेलवाड गर्न मिल्दैन् ।’
कुलेश्वरले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा रक्तदान गर्ने सबैलाई प्रमाणपत्रका साथमा रक्तदान गरेको फोटो अंकित चिया खाने कप उपहार स्वरुप प्रदान गरेको थियो ।















प्रतिक्रिया