२ कार्तिक २०८३, सोमबार

एमाओवादी केन्द्रीय समिति बैठकले के के निर्णय गर्‍यो ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi-Prachanda-Baburam-Narayankajiकाठमाडौं, माघ १८ । प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकले विभिन्न निर्णय गरेको छ । सहमतिबाटै संविधान जारी गर्नुपर्ने माग गर्दै आइरहेको एमाओवादीले जनताका बीचमा जाने निर्णय गरेको छ ।

बैठकले आन्दोलनका लागि शिर्ष नेता खटाउने निर्णय समेत गरेको छ । बैठकपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुले आफुहरुलाई नटेरेकाले जनताका बीचमा जाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सत्तापक्षले संविधानसभामा एकोहोरो पेल्न खोजे, अब जनताबीचमा गएर सडक आन्दोलन गर्छौ ।’

आजैका मितिदेखि जनताको साथमा गएर सबै कुरा बताउने प्रचण्डको भनाई छ । सत्तारुढ दलका तर्फबाट वार्ताको प्रयास नभएको उहाँको भनाई थियो । ‘सत्तापक्षले सहमतिलाई आगाल्न तयार भए संविधानका लागि वार्ता हुन सक्छ ।’ सत्तारुपक्ष दलहरुले पेलेर जान खोजे आफूहरु संविधानसभामा नर्फकिने प्रचण्डले चेतावनी दिनुभयो ।

प्रचण्डले शान्तिपूर्ण आन्दोलनको अन्तिम हदसम्म जाने नभए हतियार समेत उठाउन बाध्य हुने बताउनुभयो । एमाले अध्यक्ष केपी ओलीले एमाओवादीलाई पैसामा बिक्ने पार्टी भन्नुले शहीद र बेपत्ता परिवारको राहतका लागि भएको आन्दोलन र जनताको अपमान गरेको प्रचण्डको धारणा छ ।

बैठकले शिर्ष नेताहरुलाई जिल्ला खटाउने निर्णय गरेपछि एमाओवादी नेताहरु सोमबारदेखि जिल्लातिर जाने कार्यक्रम तय गरिएको छ । ‘जनताको मर्म र भावनामा रही प्रतिक्रीयावादीहरु विरुद्ध सशक्त आन्दोलन हुन्छ,’ प्रचण्डले भन्नुभयो, ‘त्यसका तयारी पूरा भएको छ ।’

यसअघि प्रचण्ड निवास लाजिम्पाटमा बसेको एमाओवादी बैठकले शिर्ष नेतालाई आन्दोलनको संयोजक बनाएको थियो ।