४ कार्तिक २०८३, बुधबार

अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा नि:शुल्क यात्रा गर्न पाइने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ पुस । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको नेपालको एकमात्र माध्यम ‘बससेवा डटकमले’ अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा निःशुल्क बस यात्रा गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

कम्पनीले यो योजना डिसेम्बर ३० तारिखदेखि जवनरी २ तारिख २०१८ सम्म लागू हुने जनाएको छ । योजना अवधिमा हरेक दिन ५ जनाले शतप्रतिशत क्यासब्याक पाएर निःशुल्क यात्रा गर्न सक्नेछन् भने अन्य ५ जनाले ५० प्रतिशत क्यासब्याक पाउँनेछन् । कम्पनीका अनुसार गोलाप्रथाबाट भाग्यशाली यात्रीको छनोट गरिनेछ र उनीहरूलाई क्यासब्याक गरिनेछ ।

योजनाबारे बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले भने, ‘अंग्रेजी नयाँ वर्ष भएपनि यो अन्तर्राष्ट्रियरूपमा मनाइने गरेको र नेपालमा पनि यसलाई आधार मानेर कार्यक्रम हुने हुँदा नेपाली यात्रुहरूमा नयाँ वर्षको खुशीयाली साट्नको लागि छुट योजना संचालन गरिएको हो ।’

यस्तै नयाँ वर्ष मनाउन पोखरा, चितवन, लुम्बिनी लगायतका पर्यटकीय क्षेत्रमा जाने प्रचलन रहेको भन्दै यात्रुहरूका लागि यो अफर ल्याएको खनालको भनाइ छ । अन्य यात्रुहरूले भने अनलाइनबाट टिकट काट्दा नियमित रूपमा पाउँदै आएको १७ प्रतिशतसम्म क्यासब्याक पाउँनेछन् ।

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा करिब सय वटा यातायात समिति तथा कम्पनी आवद्ध रहेका छन् र नेपालका कुनैपनि गन्तव्यको अनलाइनबाट पिटकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, बससेवा मोबाईल एप्स्, इसेवा डटकम डट एनपीबाट सहजै अनलाइन टिकट काट्न सक्नेछन् ।

इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सकिनेछ । मुलुकभर इसेवाका ४० हजार भन्दा बढि जोन पोइन्ट रहेका छन् । साथै आइएमइ पे, इप्रभु, इन्टरनेट तथा मोबाइल बैंकिङ, इनेट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिनेछ ।