काठमाडौँ, १८ माघ । नेत्रविक्रम चन्दको विप्लव माओवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भष्ट्राचार ठुला मुद्दामा छानविन गर्न माग गरेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले ठूला भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र आइतबार बुझाएको छ ।
नारा, जुलुससहित गएको माओवादी टोलीलाई आयोगको कार्यालयभन्दा वरै प्रहरीले रोकेको थियो ।
प्रहरीले जुलुसलाई रोकेपछि माओवादीका उपत्यका संयोजक ईश्वरी दाहालसहित तीनजनाको टोली आयोगको कार्यालयमा गएर ज्ञापनपत्र दर्ता गराएर फर्किएको थियो ।
ज्ञापनपत्रमा शिक्षक, कर्मचारीजस्ता पदका साना भ्रष्टाचारको मात्रै आयोगले छानबिन र कारबाही गरेको तर ठूला भ्रष्टाचारको छानबिन र कारबाही नगरिएको उल्लेख छ ।
सानालाई मात्र समाएर भष्ट्राचार निवारण नहुने भन्दै जरैबाट उखेल्नुपर्ने माग विप्लव माओवादीको छ ।















प्रतिक्रिया