२ कार्तिक २०८३, सोमबार

कर्णाली स्वायत्त प्रदेश माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । कर्णाली जनअधिकार मञ्चले अब बन्ने संविधानमा कर्णालीलाई स्वायत्त बनाउनुपर्ने माग गरेको छ ।

सो मञ्चले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष प्रकाश रोकायाले सहमतिबाट होस् वा प्रक्रियाबाट होस् तर कर्णालीवासीको भावनाअनुरुप कर्णाली स्वायत्त प्रदेशलार्ई सरकारले उपेक्षा गरेमा कडा सङ्घर्षमा उत्रने बताउनुभयो ।

राज्यको पुनःसंरचना गर्दा पहिचान र सामथ्र्यलाई आधार मान्ने कुरा अघिल्लो संविधानसभामा नै सहमति भइसकेको र यो संविधानसभाले सहमति भइसकेका विषयको स्वामित्व ग्रहण गरिसकेको उल्लेख गर्दै त्यसमा विवाद गर्नु औचित्यहीन भएको मञ्चद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस