
काठमाडौं, १३ पुस । काठमाडौंको बालाजुमा माटो बोकेको टिप्पर दुर्घटना भएको छ । टिप्पर दुर्घटना हुँदा दुईजना घाइते भएका छन ।
शुक्रबार बिहान बालाजुको बाइपासमा माटो बोकेको टिप्पर ट३याक्सीसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मुड्खु भज्याङबाट एयरपोर्टको लागि माटो बोकेर आउँदै गरेको टिपर दुर्घटनामा परेको थियो ।
घाइते भएका उनीहरुलाई उपचारको लागि टिचिङ अस्पताल लगिएको छ । प्रहरीका अनुसार टिपरले दुईवटा ट्याक्सी र एउटा रिक्सालाई पुरेको छ ।















प्रतिक्रिया