९ कार्तिक २०८३, सोमबार

‘प्रतिवेदन यस्तै हुन्छ’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । त्यसपछि ओलीले प्रतिवेदन पारित गर्ने प्रस्ताव गरे। ‘प्रतिवेदन यस्तै हुन्छ, पहिले पनि यस्तै हुन्थ्यो। सकभर नेताहरुले उठाएका विषयवस्तुलाई समावेश गरेर ल्याइएको छ। कतिपय विषय समावेश गरेर परिमार्जन गरेर जाऔंला, अहिले प्रतिवेदन पारित गरौं,’ उनले भने।

लगत्तै स्थायी समिति सदस्य घनश्याम भुसालले परिमार्जनबारे प्रश्न गरे। ‘संगठनात्मक एजेन्डाका विषयमा तपाईंको कुरा के हो ? राजनीतिक वैचारिक कुरा के हो ? कुन विषय परिमार्जन भए, कुन भएनन् ? पहिले निक्र्यौल गर्नुपर्‍यो, अन्यथा हामी। फरक मत राख्छौं।’ अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

भुसालपछि भीम रावल बोले। उनले बिम्स्टेक सम्मेलनबारे प्रस्ट्याउन माग गरे। लगत्तै फरक मत राखेका वामदेम गौतम पनि बोल्न उभिए। उनले केन्द्रीय सदस्यको कार्यविभाजन माग गरे। ‘केन्द्रीय सदस्यको कार्यविभाजन खोइ ? तपाईंहरुले गर्न नसक्ने हो भने मलाई जिम्मा दिनुहोस्। म गरेर देखाइदिन्छु,’ गौतमले भने। उनले अपेक्षाअनुरुप अध्यक्षद्वयले आत्मालोचना गर्न नसकेको बताए।

नेताहरुको विरोधका बीच पनि ओली दस्तावेज अनुमोदन गराउन जोड गरिरहेका थिए। ‘संगठनात्मक सवालमा विगततिर नजाऔं, अबका काम कार्यदल वनाएर गर्ने गरि जान सकिन्छ,’ ओलीको भनाइ सुनाउँदै एक स्थायी समति सदस्यले भने, ‘तपाईंहरुका कुरा सुनेका छौं। टिपेका छौं। परिमार्जन गरेर सम्बोधन गछौं।’

ओलीले दोहोर्‍याएर प्रस्ताव राखेपनि नेताहरु शान्त भएनन्। अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, झलनाथ खनाल लगायत नेताले ‘हामी पनि बोल्छौं’ भन्दै हात उठाए। त्यसपछि भने अध्यक्ष दाहालले बैठकमा हस्तक्षेप गरेका थिए। नेताहरुले उठाएका विषयमा पुन छलफल गर्ने उनले बताए। शुक्रबारको बैठकमा असन्तुष्ट नेताहरुलाई सुरुमा बोल्न दिने र फेरि शीर्ष नेताहरुले धारणा राख्ने सम्भावना रहेको नेताहरुले बताए। अध्यक्षद्वयले केही विषय प्रस्ट्याएपछि मात्रै निर्णय प्रक्रियामा जाने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।