४ कार्तिक २०८३, बुधबार

लुकाकुलाई युभेन्टसले लैजाने

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ११ पुस । इटालियन क्लब युभेन्टसले म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोमेलु लुकाकुलाई अनुबन्ध गर्ने भएको छ ।

इटालियन जायन्ट युभेन्टस ३२ वर्षे मारियो मान्जुकिचको विकल्पको खोजीमा छ ।

बेल्जियन स्ट्राइकर लुकाकुले युनाइटेडका लागि २२ खेलमा ६ गोल गरेका छन् । २५ वर्षे स्ट्राइकर ओले गुनर सोल्सायरको पहिलो एघारमा स्थान बनाउन असफल रहँदै आएका छन् ।

यता पाउल पोग्बा पनि युभेन्टस जानका लागि कुरा अघि बढाउँदै थिए । तर, युनाइटेड उनलाई छोड्ने मनसायमा छैन । युभेन्टसले अघिल्लो सिजन एन्थोनी मार्सियल अनुबन्ध गर्न पनि चासो देखाएको थियो । एजेन्सी