काठमाडौं, ११ पुस । छानबिन समिति भन्छ, त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा दुबई सुन भित्रिन छाडेको एक वर्ष हुनलाग्यो ।
अनामनगरबाट हराएको ३३ किलो सुन धरान वा इटहरीमा लामो समय लुकाएर राखिएको र पूर्वी नाका हुँदै भारत पुर्याइएको निचोड समितिको छ। छानबिन समितिले गृहमा प्रतिवेदन बुझाएपछि अनुसन्धान सुस्ताएको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
जिल्ला अदालत मोरङले थुनामा पठाएका सुन तस्करीका अभियुक्तलाई उच्च अदालतले धमाधम छोडिरहेको छ। तिनै छुटेकाले सुन भारत पुर्याएको समिति स्रोत बताउँछ।
‘त्यो सुन केही समयअघि मात्रै भारत छिराइएको हो । काँकडभिट्टा वा जोगबनी नाकाबाट लगिएको हाम्रो आकलन छ’, समितिका एक सदस्य भन्छन्, ‘तस्करीमा मुछिएका व्यक्ति धधमाम रिहा भएसँगै तस्करीमा संलग्नहरुले टाउको उठाइरहेका छन् । सरकार निर्मला पन्त प्रकरणमा फसेको समयमा सुन भारत पुर्याएको देखिन्छ ।’















प्रतिक्रिया