५ कार्तिक २०८३, बिहिबार

डिभोर्सको वार्षिकोत्सव मनाउने घोषणा गरिन् मनोज गजुरेलकी पूर्वपत्नीले

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले डिभोर्सको वार्षिकोत्सव मनाउने भएकी छन् । गजुरेलसँग डिभोर्स नभएसम्म गुमनाम रहेकी मिना त्यसपछि विभिन्न कारण चर्चामा आउन थालेकी छन् ।

विभिन्न किसिमका अन्तर्वाता दिएर चर्चा कमाएकी उनले फेरि अनौंठो पाराले डिभोर्सको पनि वार्षिकोत्सव मनाउने घोषणा गरिन् । मनोजसँग डिभोर्स भएको दिनलाई उनले उत्सवका रुपमा मनाउने बताएकी छन् ।

बुधबार डिभोर्सको एक वर्ष पूरा हुँदैछ । त्यस अवशरमा उनले नयाँ बानेश्वरस्थित आफ्नै बुटिकमा चियापान गर्ने बताइन् । एक वर्ष अघि छुट्टिएका मनोज र मिनाका दुई छोराछोरी छन् । छोरा मनोजसँग र छोरी मिनासँग बस्छन् ।