५ कार्तिक २०८३, बिहिबार

अमेरिकामा ग्लोबल फिल्म अवार्ड, क–कसले पाए पुरस्कार ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । नेपाल लगायत अमेरिकाका विभिन्न राज्यहरूबाट कलाकार, समुदायका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको अमेरिकाको नर्थ क्यारोलानामा ग्लोबल नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड–२०१८ सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि महामहिम राजदूत डा.अर्जुन कुमार कार्की र विशेष अतिथिहरूमा महावाणिज्यदुत प्रेमराजा महत, महावाणिज्यदुत ऋषि ढकाल थिए ।

कार्यक्रमको आकर्षक सिनियर देखी जुनियर सम्मका दर्जनौँ अन्य कलाकारहरूलाई लिमोजिन (विशेष सुविधा सम्पन्न गाडी) मा राखेर स्कर्टिङ्ग गर्दै कार्यक्रम स्थल पुर्‍याएका थिए ।

कार्यक्रम स्थलमा पुग्दा बाजा गाँजा र खादा सहित आयोजकहरू, पञ्चकन्याले स्वागत गर्दै अतिथिहरू, कलाकारहरू, आगन्तुकहरुलाई हल भित्र सम्म पुर्‍याए । अनि सुरु भयो कार्यक्रम ।

पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका राजदूत कार्कीले आफ्नो मन्तव्यमा, नेपाली भाषा, कला, संस्कृतिलाई हामीले सधैँ सम्मान गर्दछौँ र विदेशमा त झन् यसको अझ बढी महत्त्व छ । यस किसिमका कार्यक्रम हुनुपर्छ भई रहुन्, भनेर भने ।

लोक गायक प्रेमराजा महतले गीत गाए, शुभकामना दिए भने अर्का अग्रज लोक तथा दोहोरी गायक भगवान् भण्डारीले सेन्टीमेण्टल गीत गाएर सबैलाई नेपाल पुर्‍याए ।

उनले गीत गाउँदा कयौँका आँखाहरू रसाएका थिए । खनालले आयोजक संस्थाका दुवै हस्तीहरू मनोज राई र शिव विष्टलाई मञ्चमै बोलाएर सम्मान गरे ।

अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष समेत रहेका खनालले नेपाली र भुटानी सबै कलाकारहरूलाई हलमा एकै पटक उठाएर अभिनन्दन समेत गरेका थिए ।

ग्लोबल नेपाली फिल्मको सहकार्यमा लभ एन्ड सर्पोट फाउण्डेसनले गत शनिवारका दिन नर्थ क्यारोलिनमा आयोजना भएको अवार्डमा वरिष्ठ चलचित्र निर्देशक बन्नी प्रधान, वरिष्ठ सङ्गीतकार बुद्धवीर लामा, महावाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेम राजा महत, सञ्चार तर्फ चलचित्र निर्देशक तथा वरिष्ठ सञ्चारकर्मी दिनेश डीसीलगायत भुटानी नेपाली समाजीक अभियन्ता डिल्ली अधिकारहरूलाई लाइफ टाइम एचिभमेन्टद्धारा सम्मान प्रदान गरिएको छ ।

वरिष्ठ लोक गायक तथा सञ्चारकर्मी राम प्रसाद खनाल, चलचित्र पत्रकार भरत शाक्य, निर्देशक नारायण पुरी, महाबाणिज्यदूत तथा व्यवसायी ॠषि प्रसाद ढकाल, साहित्यकार ज्ञानेन्द्र गदाल, मदन पुरस्कार विजेता निलम निहारिका कार्की, भुटानी नेपाली सामाजिक अभियेता डा नरेश लावती आदिलाई फाउण्डेसनले अवार्ड सहित कदर पत्रद्धारा अवार्डको विशेष सम्मान गरेको छ ।

ग्लोबल नेपाली फिल्मले सामाजिक अवार्ड सोसिएल हिरो पाउनेमा ३ पटक गीनीज बुक अफ वल्ड् रेकट् विजेता साथै गोल्ड मेटल प्राप्त गर्न सफल मार्सल आर्ट खेलाडी श्री उज्वल ठकुरीलाई प्रदान गरेको छ । अन्य सामाजिक अवार्ड “सोसिएल हिरो” पाउनेहरूमा वसन्त खड्का, माधव ढकाल, अमिर अलि, प्रदीप ढकाल, एटोर्नी वासु फुलारा, ध्रुब वन्त तथा अनु वन्त छन् ।

कार्यक्रममा गीत गाउनेहरूमा राजु लामा, रुद्र शेखर शर्मा, एन के ब्रदर्स, ढकाल ब्रदर्स, किरण गजमेर, विनोद गुरुङ, सुचिता गुरुङ लगायतले गाएका थिए । कार्यक्रममा भुटानी गायक कर्ण वीरको “तिम्रो तस्बिर” नामक एलबमको विमोचन पहिलो भुटानिज गायक प्रताब सुब्बा, सङ्गीतकार अम्बर तुम्बहाम्फे र एलबमका सङ्गीतकार यादिन गजमेरले संयुक्त रूपमा गरेका थिए ।

आयोजक संस्था लभ एन्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष मनोज राई र कार्यक्रम संयोजक शिव विष्टले यस किसिमको कार्यक्रम आयोजना गर्न पाएकोमा आफूहरू गौरवान्वित भएको बताए । खाने, बस्ने राम्रो व्यवस्था गरिएको उक्त कार्यक्रम अलि लामो भयो भन्ने गुनासो पक्कै थियो सबैको । कार्यक्रम करिब साढे ६ घण्टा सम्म चलेको थियो । नेपाली र भुटानी दुवै समुदाय मिलेर गरेको यो कार्यक्रमको कलाकारहरू देखी सबै पक्षले सकारात्मक भन्दै प्रशंसा गरेका छन् ।

कार्यक्रममा स्वागत मन्तब्य शिव बिष्ट र धन्यवाद ज्ञापन मनोज राइले धन्यबाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सन्चालन सरोज के सि, रुषा के।सी, ऋचा घिमिरे, विष्णु सुनुवार, भोला ढुङ्गाना, प्रीजित राणा, देव शर्मा, अर्जुन प्रधानले गरेका थिए ।

क–कसले पाए पुरस्कार ?

१. चलचित्र – वरिष्ठ निर्देशक बन्नी प्रधान

२. सङ्गीत – वरिष्ठ गीतकार बुद्धवीर लामा

३. लोक गीत तथा सामाजिक – महावाणिज्यदुत तथा वरिष्ठ लोक गायक प्रेमराजा महत

४. सञ्चार तर्फ – चलचित्र निर्देशक तथा वरिष्ठ सञ्चारकर्मी दिनेश डीसी

५. भुटनीज नेपाली सामाजिक अभियेंता डिल्ली अधिकारी

विशेष सम्मान

वरिष्ठ लोक गायक तथा सञ्चारकर्मी – राम प्रसाद खनाल

वरिष्ठ चलचित्र पत्रकार – भरत शाक्य

वरिष्ठ चलचित्र निर्देशक – नारायण पुरी

महाबाणिज्यदुत तथा व्यवसायी – ऋषि प्रसाद ढकाल

भुटनीज नेपाली सामाजिक अभियेंता डा. नरेश लावती, दिलीप दाहाल

कला,संस्कृति र पर्यटन – पर्यटनदूत राजा घले

शिक्षा – डा राम चन्द्र बराल

सामाजिक अवार्ड “सोसिएल हिरो”

कला र संस्कृति – वसन्त खड्का

सामाजिक तथा बैंकिंग – माधव ढकाल

विदेशी नागरिक – अमिर अलि

प्रदीप ढकाल

वासु फुलारा

समाजसेवी तथा नृत्यकार जोडी – ध्रुब वन्त तथा अनु वन्त

खेलकुद – उज्ज्वल कुमार ठकुरी

साहित्य – तीर्थीराज पाण्डे

डा सपना अधिकारी

डा विकास गुप्ता

द्रोपदा प्रधान

टीका आचार्य

जय सुबेदी

भानु फुयाँल

कर्ण गुरुङ

राजन गिरी

तिलक पकुवाल

हस्त प्रधान

भूपति प्रधान

घाँसी नेपाल – प्रतिनिधि शोभाकान्त पाण्डे

अश्वी मिजार

लीला निशा लिम्बु

मेघना बल्लभ जोशी

सञ्चार तर्फ

१. उत्कृष्ट सामुदायीक अनलाइन पत्रकारिता – इनेप्लिज डटकम

२. उत्कृष्ट वृत्त चित्र निर्देशक (मेसी द म्यान एट बर्सा) – किरण मरहट्टा

३. उत्कृष्ट छापा पत्रकारिता संवाददाता – होमप्रसाद लम्साल

४. उत्कृष्ट टेलिभिजन उद्घोषक – सरोज केसी

५. उत्कृष्ट टेलिभिजन उद्घोषिका – अनिता सिलवाल

६. वर्षको सर्वोकृष्ट टेलिभिजन कार्यक्रम – नेपाल आइडल

७. उत्कृष्ट टेलिभिजन अन्तर्वार्ताकार – सूर्य थापा

८. उत्कृष्ट रेडियो कार्यक्रम प्रस्तोता – रेडियो कान्तिपुरकर्मी महेश लिम्बु

९. दशकको उत्कृष्ट रेडियो प्रस्तोता – जय प्रकाश रिजाल

१०. दशकको उत्कृष्ट अनलाइन – डीसी नेपाल

भुटनिज नेपाली सञ्चारतर्फ

१. गङ्गा लामिटारे – छापा पत्रकारिता

२. हरि सुबेदी – रेडियो पत्रकार

३. सीयम निरौला (टेलिभिजन

४. अर्जुन प्रधान– अनलाइन पत्रिका

चलचित्रतर्फ

उत्कृष्ट चलचित्र – लिलीबिली

उत्कृष्ट नायक – प्रदीप खड्का, लिलीबिली

उत्कृष्ट नायिका – श्वेता खड्का, कान्छी

उत्कृष्ट नव नायिका – सहारा कार्की, दर्पण छाया

उत्कृष्ट निर्देशक – एभरेस्ट सूर्य बोहरा, भैरे

उत्कृष्ट सङ्गीतकार – एलिश कार्की, रोज

उत्कृष्ट गीत – हरि उप्रेती, “दुई चुल्ठी बाट्नेलाई”

उत्कृष्ट गायक – एम.बराल, “सनम माया लाको”

उत्कृष्ट गायिका – मेलिना राई, “कुटुमा कुटु”

निर्देशकहरू

१. महेन्द्र बुढाथोकी

२. दिनेश कार्की

३. शङ्कर घिमिरे

४. बाबुराम ढकाल

५. ईश्वर थापा

७. गोपाल चन्द्र लामिछाने

८. सुमन दाहाल

९. कृष्णराज काफ्ले

गीतकार

१. रोशन पाल्पाली

२. भुपेन्द्र न्यौपाने

हास्य कलाकार

१. गोपाल नेपाल “फिस्टे”

२. नारायण त्रिपाठी

नायकहरू

१. गणेश उप्रेती

२. विक्रान्त बस्नेत

३. मुकेश ढकाल

४. दीपक त्रिपाठी

५. राजेश ढुङ्गाना

६. राहुल केसी

नायिकाहरू

१. रूपा राना

२. सारंगा श्रेष्ठ

३. ऋचा घिमिरे

चलचित्र निर्माता, वितरक – दीपक अधिकारी “गङ्गा”

प्रवासमा चलचित्र वितरक – प्लानेट ३ फिल्म्स अर्जुन सुबेदी अर्थात् भरत बराइली

सङ्गीत

उत्कृष्ट गायक –आधुनिक अर्जुन रसाइली तिम्रो तस्बिर।

उत्कृष्ट गायिका – शोभना प्रधान लामा – आइ लभ यु

उत्कृष्ट लोक गायक विरही कार्की

उत्कृष्ट लोक रिमिक्स लक्ष्मण पौडेल

उत्कृष्ट गीत –आधुनिक – न रोऊ तिमी पासाङ शेर्पा

उत्कृष्ट सङ्गीतकार – जीवन प्रकाश प्रधान ” केही भन्न खोजेको

उत्कृष्ट छायाङ्कन – मधुर बस्नेत

उत्कृष्ट नव गायक – प्रदीप कृष्ण घिमिरे

गायकहरू

आधुनिक – कन्हैया सिंह परियार

लोक गायक – उदय भट्टराई

आधुनिक महिला – अन्जना गुरुङ

पप – राजु लामा

गायिका – सपना श्री

लोकदोहोरी – भगवान् भण्डारी

गायक – सुरेन्द्रमान सिंह

म्युजिक बैण्ड – यम बि प्रणय शमशेर जबरा

मुरारी गुरागाई

भुटनीज नेपाली कलाकारतर्फ

चलचित्र – सुरुवात

पहिलो चलचित्र – भुल्ने पो हो कि

निर्देशकहरू – सन्तोष राम दाम

यन बि जे के

केदार उप्रेती

जगत् जेके

सङ्गीत – किरण रसाइली अस्ट्रेलिया

अम्बर तुम्वापो सुब्बा

डम्बर खापुंग

राम गुरुङ

गायक – किरण गजमेर