काठमाडौं, १० पुस । नेपाली कांग्रेसको १० दिनसम्म राजधानीमा चलेको महासमिति बैठकमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले संविधान परिवर्तन गरी नेपाललाई हिन्दुराज्य घोषणाको माग गरेका छन् । तर, उनीहरूको यो मुद्दालाई कांग्रेस केन्द्रीय कार्य समितिले किन महासमिति बैठकमा प्रस्तावको रुपमा छलफल चलाएन । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
करिव एक हजार ६ सय महाधिवेशन प्रतिनिधिमध्ये बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर संकलन गरी महासमिति बैठकमा सभापति देउवासमक्ष ज्ञापन पत्र बुझाएका थिए । तर कांग्रेसमा हिन्दुको मुद्धलाई अघि सारेमा भागि राजनीति डामाडोल हुने भय र त्रासले कांग्रेसका शीर्ष र प्रभावशाली नेताको जोडबल र दबाबमा त्यो मुद्दालाई संवोधन समेत गरिएन् ।
केपी ओली नेतृत्वको सरकार नै सहआयोजक र सत्तारुढ नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्षता गरेको एसिया प्यासिफिक पिस फेडरेसनको सम्मेलन नेपालमा गरेर नेकपाका नेताहरूलाई समेत होली वाइन पिलाएको घाटना सार्वजनिक भएपछि मुलुकमा सर्वत्र हिन्दु धर्मप्रतिको अगाध आस्था र पक्षमा अभिव्यत्ति दिनजेहरूको भिंड लागेको थियो ।
कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काले शुरु गरेको हिन्दु राज्यको अभियानलाई अहिले केन्द्रीय सदस्य शंकर भण्डारीले खुलेर नेतृत्व गरेका छन् । यो अभियानलाई भित्रभित्रै महामन्त्री पूर्णबहादुर खड्काले साथ दिएर क्रियासिलता बढाएका छन् । पहिलो हिन्दुराज्यको पक्षमा सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै हिँड्ने महामन्त्री डा. शशांक कोइरालाले भने अहिले बोली परिवर्तन गरेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि पनि धर्म निरपेक्ष भनेर संविधानमा भएको व्यवस्थालाई निरन्तरता दिन चाहन्छन् । कांग्रेसको नेतृत्वमा जान सँधै मित्र राष्ट्र भारतको साथ र सहयोग आवश्यक पर्ने सन्दर्भलाई मनन गर्दै शीर्ष नेताहरू कोही हिन्दु राज्यको पक्ष त कोही विपक्षमा लागेका हुन् ।
बीपी पुत्र डा. शशांक कोइरालाले पीताको नाम भजाएर भारतीय सत्तारुढ भारतीय जनता पार्टीसँग सम्वन्ध बिस्तार गर्दै आएका छन् । उनी हालको सत्तारुढ दल बीजेपी र प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीसँगको सम्वन्धलाई प्रगाढ बनाउँदै आएका थिए ।
तर जव मोदी नेतृत्वको सरकारले गराएको प्रदेशको चुनावमा भाजपाले बुरा तवरले हार्यो तव कांग्रेस महामन्त्री कोइरालाको पनि बोली फेरिएको हो । आगामी मे महिनामा सम्पन्न हुने निर्वाचनमा भाजपाको बुहमत नआउने र उसँगको सम्वन्धको जरुरत पर्ने नदेखेर कोइरालाले हिन्दु राज्यको माग नेपालमा गर्दा खुसी हुने भाजपा र भाजपाबाट प्रधानमन्त्री बनेका मोदीको इन्ट्रेस्ट विपरित कांगे्रस महासमिति बैठकको उद्घाटन समारोहमा धार्मिक स्वतन्त्रता हुनु पर्छ भनेर अभिव्यक्ति परिवर्तन गरेका थिए ।















प्रतिक्रिया