२ कार्तिक २०८३, सोमबार

अहिलेको प्रक्रिया स्थगित गरेर वार्ता सुरु गर्नुपर्छः उपाध्यक्ष श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narayankaji-shresthaकाठमाडौँ, १८ माघ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सत्तारुढ दलले संविधानसभाको अहिलेको प्रक्रियालाई स्थगित गरेर आएमा संविधान लेखन प्रक्रियामा आफ्नो पार्टी नयाँ शिराबाट सहभागी हुन तयार रहेको बताउनुभएको छ ।

रिपोटर्स क्लब नेपालले आइतबार उहाँको निवास धोवीघाटमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उपाध्यक्ष श्रेष्ठले सत्ताधारी राजनीतिक दलले बहुमतको हठ त्यागी सहमतिबाट अघि बढ्न तयार हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले आफ्नो पार्टी वार्ता र सहमतिको विरोधी नभएको बताउँदै बहुमतीय प्रक्रिया सुरु गरेर काँग्रेस र एमालेले नै वार्ताको ढोका बन्द गरेको आरोप लगाउनुभयो ।

उपाध्यक्ष श्रेष्ठले जनताले ऐतिहासिक सङ्घर्ष गरेर प्राप्त गरेका उपलब्धिहरुलाई पूर्णरुपमा संस्थागत गर्न जनआन्दोलन, १२ बुँदे सम्झौता, विस्तृत शान्ति सम्झौता र ऐतिहासिक सम्झौताका सहयात्रीहरुबीच सहमति अनिवार्य रहेकामा जोड दिनुभयो । उहाँले एमाओवादी संविधानसभा छोड्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । रासस