डडेल्धुरा, १८ माघ । संविधान बनेसंगै आफ्नो राज नचल्ने भएपछि एमाओवादी लगायतको विपक्षी मोर्चा संविधान जारी गर्न नदिने षडयन्त्रमा लागेको नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले बताउनुभएको छ ।
उहाँले विपक्षी दलहरुलाई संविधानसभाभित्रै समस्याको समाधान खोज्न आग्रह समेत गर्नुभयो ।
नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आइतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा शान्ति स्थापना र संविधान जारी गर्न नदिने षडयन्त्र विपक्षी मोर्चाले गरिरहेको आरोप लगाउँदै उहाँले मोर्चाको आन्दोलनलाई सहयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो ।
माओवादीसहितको मोर्चा सहमतिमा नआए पनि दुई तिहाइबाटै संविधान जारी गर्ने उहाँको भनाइ थियो ।
संविधानका विषयमा रहेका विमतिहरुलाई संविधानसभाभित्रबाटै समाधान गर्न एकीकृत नेकपा माओवादी सहितको विपक्षी मोर्चालाई आग्रह समेत गर्नुभएको थियो ।















प्रतिक्रिया