काठमाडौं, ९ पुस । जटिल किसिमका घटनाको अनुसन्धानमा स्वतन्त्र अनुसन्धानकर्तासमेत राखेर विशेष अनुसन्धान टोली बनाउन सकिने प्रावधान संगठित अपराध ऐनमा छ ।
निर्मला प्रकरणमा प्रमाण नष्ट गरेकोदेखि नक्कली अभियुक्त खडा गर्न खोजेको प्रहरीकै छानबिनबाट खुलिसकेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
जसले गर्दा प्रहरीमाथि सर्वसाधारणको चरम असन्तुष्टि छ । यस्तो अवस्थामा सरकारले विभिन्न क्षेत्रका विज्ञ व्यक्तिहरूलाई राखेर अनुसन्धान गर्न सक्ने विकल्प छ । तर, यस विषयमा गृह मन्त्रालयले चासो दिन सकेको छैन ।
सुन तस्करी प्रकरणमा गृहले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली बनाएको थियो । यस्तो टोलीलाई अनुसन्धान अधिकृतसरह अधिकार हुन्छ ।
प्रहरी विवादमा तानिएकाले निष्पक्ष अनुसन्धानकर्ताहरूसमेत हुने हुँदा त्यस्तो टोलीले गर्ने अनुसन्धानले सर्वसाधारणको समेत विश्वास जित्ने सम्भावना हुन्छ ।
गृहमा यसबारे एकपटक छलफल भए पनि अहिले चासो दिइएको छैन । विशेष अनुसन्धान टोली बनाउने गृहकार्य नभएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी बताउँछन् । सिआइबीलाई अनुसन्धानको जिम्मा दिइएको उनको भनाइ छ ।















प्रतिक्रिया