काठमाडौँ, १८ माघ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधानसभामा अवरोध खडा गरिरहे एमाओवादीलाई नै घाटा हुने बताउनुभएको छ ।
काठमाडौँको डिल्लीबजारस्थित कन्या बहुमुखी क्याम्पसको ३५औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले भन्नुभयो– ‘संविधानसभा नियमावली विधि र प्रक्रियाअनुरुप अघि बढ्दा विपक्षी दलले बाधाव्यवधान खडा गर्नु भनेको जनताको अपमान हो यसले उनीहरुलाई नै घाटा हुन्छ ।’
उहाँले सहमति नभए विधि र प्रक्रियाबाटै संविधान जारी हुने दृढता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–’अघिल्लो संविधानसभा त्यत्तिकै गुमायौँ, अहिलेको संविधानसभाबाट जसरी पनि संविधान ल्याउनैपर्छ, सकेसम्म सहमति नभए विधि र प्रक्रियाबाट संविधान जारी गर्न यो संविधानसभा चुक्दैन ।’
















प्रतिक्रिया