४ कार्तिक २०८३, बुधबार

ललितपुरले जित्यो ईपीएलको उपाधि, भैरहवा १४ रनले पराजित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुष । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि ललितपुर प्याट्रियट्सले जितेको छ ।

शनिबार भएको फाईनल खेलमा भैरहवा ग्लाडीयटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधि हात पारेको हो । विजेता ललितपुरले नगद २५ लाखसहित ट्रफी पाएको छ । उपविजेता बनेको भैरहवाले १० लाखमा चित्त बुझाएको छ ।

टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १५६ रनको लक्ष्य पच्छाएकाे भैरहवाले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर मात्र १४१ रन बनाउन सक्यो ।

भैरहवाका लागि प्रदीप ऐरीले ३४ रन जोड्दा रबी इन्दर सिंहले २९ रन जोडे । ललितपुरका ललित नारायण राजवंशीले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले १९ ओभर १ बलमा अलआउट हुँदै १५५ रन जोडेको थियो ।